दुई सय दिन अघि नै काम पूरा गर्ने ठेकेदारलाई ४४ लाख पुरस्कार

बझाङ । तोकिएको समय अघि नै काम पूरा गर्ने ठेकेदारलाई सम्मान गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । बझाङका निर्माण व्यवसायी दल विष्ट तोकिएको समयअगावै काम पूरा गर्दा सम्मानित भएका हुन् । उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् ।

निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् । त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै सम्पन्न गरेका छन् ।

निर्माण–व्यवसायी विष्टले सम्मानसँगै नगद पुरस्कार पनि पाएका छन् । दुइटा सरकारी कार्यालय भवन निर्माण गर्दा ४४ लाख पुरस्कार पाएका हुन् ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर