कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि सहयोग मागेको हो ? नेपाल प्रहरीले पा-यो स्पष्ट

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि नेपाल प्रहरीसँग सहयोग मागेको चर्चा चल्दै आएको छ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कतार भ्रमणका क्रममा विश्वकप आयोजक कतारले नेपाल प्रहरीसँग आयोजनास्थलको सुरक्षाका लागि ठुलो संख्यामा सहयोग माग गरेको समाचार आएको थियो । तर, यो सत्य नभएको प्रहरीले स्पष्ट पारेको छ । नेपाल प्रहरीकाअनुसार कतारले विश्वकप आयोजनास्थलको सुरक्षाका लागि कुनै सहयोग मागेको छैन ।

तर, कतारले आयोजनास्थलको सुरक्षाका लागि नभई टेक्निकल र मेडिकल सर्पोटका लागि भने सहयोग माग गरेको प्रहरीले जनाएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलको सुरक्षाका लागि कतारले विभिन्न मुलुकसँग सुरक्षा पर्यवेक्षक र प्राविधिक तथा मेडिकल सर्पोटका लागि न्यून संख्यामा सुरक्षाकर्मी माग गरेको छ । खेल आयोजना हुने रंगशाला तथा खेलाडीको सुरक्षाका लागि कुनै मुलुकसँग सम्झौता नगरेको कतार फुटबल एसोसिएसनले पनि यसअघि नै बताईसकेको छ ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका