शरीरमा दाद आयो ? छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपाय

दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ । केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ । साधारणतया, दाद चिलाउने खालको हुन्छ र छालामा गोलो, रातो अनि फुस्रो दाग देखा पर्दछ। विशेष गरी, गुप्ताङ्ग (योनी, काखी, पुठो), घुच्चुक, औँलाको काँपा जस्ता ओसिलो तर न्यानो ठाउँमा दाद आउने गर्दछ ।

दादका लागि घरेलु रोकथामका उपाय :
सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ । यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ । तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ । किनभने त्यस्ता रसायनिक औषधीले शरीरको प्रतिरक्षा प्रणालीलाई दादविरुद्ध कमजोर बनाइदिन्छ र पछि झन् – झन् शक्तिशाली औषधीको प्रयोग गर्नुपर्ने हुन्छ । फेरि त्यस्ता औषधीहरूको अधिकांश साइडइफेक्ट हुने गर्दछ, जसले उल्टो पीडामात्र थप्ने काम गर्दछ।

त्यसैले सुरुमा घरेलु उपाय नै अपनाउनु जाति हुन्छ । जिद्दी दादको लागि घरेलु रोकथामका केहि उपायहरू यस्ता छन्

१) लसुन
लसुनमा पाइने प्राकृतिक रसायनिक पदार्थ ‘एलिसिन’ र ‘अज्वाइन’को एण्टिब्याक्टेरियल तथा एण्टिफङ्गल गुण दादा जस्ता छालाको सङ्क्रमणको लागि अचुक शुत्र हुन आउँछ। त्यसैले २र३ वटा ताजा, नकुहिएको लसुनको पोटी लिनुहोस् र त्यसलाई मसिनो गरी पिसेर लेदो बनाउनुहोस् ।

– त्यस लेदोमा जैतूनको तेल मिसाउँदा अझ काइदा हुन्छ ।
– अब दादलाई मनतातो पानीले सफा गर्नुहोस् र नरम सफा कपडाले पुछेपछि लसुनको लेदो बाक्लो गरी लेप्नुहोस्।
– धेरैमा २ घण्टासम्म त्यत्तिकै राखिसकेपछि त्यसलाई फेरि मनतातो पानीले सफा गर्नुहोस्।
ध्यान रहोस् कि २ घण्टाभन्दा बढि राख्नाले त्यसले उल्टो असर गर्न सक्छ र दादलाई पकाउन पनि सक्छ ।
– अझ उत्तम नतिजाको लागि दिनमा २ पटकसम्म यसो गर्नुहोस्।

२) काँचो बेसार
सुकेको बेसार होइन, धूलो बेसार होइन, केवल काँचो र ताजा बेसारको बाक्लो जुस बनाउनुहोस् र दादमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ । २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस्।

३) भिनेगर र नुन
भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दाद आएको ठाउँमा लगाउनुहोस् । ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस् । दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ।

हुन त दादको लागि घरेलु उपायहरू थुप्रै हुन्छन्, तर सबैभन्दा उत्तम उपाय भनेकै यीनै हुन्। तर सबैको शरीर फरक-फरक हुन्छ, त्यसैले कसैलाई यी उपायले काम नगर्न पनि सक्छ। यदि त्यस्तो अवस्थाको सिर्जना भएमा ढिलासुस्ती नगरी तुरुन्तै अस्पताल गएर चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ। अर्को कुरा भनेको, यदि तपाईँलाई लसुन, बेसार र नुनको एलर्जी छ भने पनि माथिमा यी उपायहरू नअपनाउनु बेस हुन्छ । त्यस्तो बेलामा सुरुमा चिकित्सकसँग जाँच्नुहोस् र दादको प्रकृति हेरेर चिकित्सकको सल्लाहबमोजिम उचित उपचारको बाटो अपनाउनुहोस्।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।