मिस वर्ल्ड’ मा प्रतिस्पर्धा गरीरहेकी श्रंखला खतिवडाले सार्वजनिक गरीन विश्वमा नेपाल चिनाउने

चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि मिस नेपाल वर्ल्ड मकवानपुरकी चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन् ।खतिवडा कार्तिक २३ गते शुक्रबार भाइटीकाका दिन सान्यातर्फ गएकी हुन् । खतिवडाले संसारभरका विभिन्न देशबाट आएका एक सय २० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ‘ब्यूटी पेजेन्ट’ अन्तर्गत विभिन्न इभेन्टमा उनीहरुको ट्यालेन्टका आधारमा मिस वर्ल्ड छनौट हुनेछ ।मिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताका लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमध्ये एक हो: ब्यूटी विथ अ पर्पस अर्थात् उद्धेश्यसहित सौन्दर्य । यसका लागि विभिन्न देशका सुन्दरीले आआफ्नो उद्धेश्यसहित वृत्तचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ । सन् २०१३ मा नेपाल का लागि पहिलो पटक इशानी श्रेष्ठले उक्त उपाधि जितेकी थिइन् ।

मिस नेपाल वर्ल्ड हुनुअघि नै उनले महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी र त्यसपश्चात् पनि यस्ता कार्यमा निरन्तर लागिरहेकी छिन् । खतिवडा भन्छिन्, ‘प्रतिस्पर्धामा कामको डकुमेन्ट्रीसमेत प्रस्तुत गर्नुपर्ने हुन्छ । मैले त्यसका लागि केही अघिमात्र गृह जिल्ला मकवानपुरको कैलाश गाउँपालिका–७, भार्तामा रहेको चेपाङ बस्तीमा गएको रिपोर्ट प्रस्तुत गर्नेछु ।

त्यहाँका वृद्धवृद्धा, बालबालिकासँग भएका कुराकानी तथा समस्याको रिपोर्ट र समस्याका हल गर्ने विषयमा गरिएका मेरा प्रयासलाई देखाउनेछु’, उनले भनिन् ।उनको सहयोगमा त्यहाँ स्वास्थ्यचौकी भवन बनेको छ । डिजाइनअनुसार स्वास्थ्य चौकी अपांग, अशक्त तथा बालबालिकामैत्री, वातावरणमैत्री, तापरहित एवम् हलुका छ । उनको अपेक्षा छ कि चौकी निर्माणसँगै गाउँमा सुरक्षित डेलिभरी, स्वास्थ्य जनचेतना कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजनका कार्यक्रमले तीव्रता पाउने छन् ।

स्वास्थ्यलाई सुविधा हैन, आवश्यकताका रुपमा हेरिएको उनले बताइन् । मिस वर्ल्डमा श्रृंखलाले नेपाली संस्कृति झल्किने प्रस्तुति पनि दिने बताइन् । उनको इन्ट्री भिडियो सुटका लागि नेपाली दक्ष भिडियोग्राफी टोलीसँगै आफू केही दिनअघि रसुवाको गोसाइकुण्ड गएको उनले जानकारी दिइन्

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।