हाम्रो चरित्र हत्या गरियो, हाम्रो जिन्दगी नै खराब भयो बम दिदीबहिनी (भिडियो)सहित
काठमाडौ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले १३ वर्षीया निर्मला पन्त हत्यामा सुदूरपश्चिम प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको ढोका अगाडि धर्नामा बसेका निर्मलाका बुबा÷आमालाई भेट्न आज यहाँ आउनुभएका मन्त्री शाहले निर्मलाको न्यायका निम्ति प्रदेश र सङ्घीय सरकार लागि परेको जानकारी दिनुभयो ।
“दोषीलाई कारवाही गर्न सरकार आफ्नो ठाउँबाट लागेको छ ।” उहाँले भन्नुभयो, “सही अनुसन्धानबाट दोषी पत्ता लागोस्, पीडितलाई न्याय मिलोस् ।” घटनाको नयाँ ढङ्गले अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
थप चारको डिएनए मिलेन
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताउनुभयो । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए ।
सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment