गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सिफारिस गर्ने तिलोत्तमाको निर्णय

तिलोत्तमा, मंसिर ६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।नगर कार्यपालिकाको ४८ औं बैठकले अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले तिलोत्तमा नगरपालिकालाई यहीँ मंसिर ३ गते मुटु अस्पताल भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइदिन पत्र दिएको थियो । विगत पाँच वर्षदेखि बुटवल—१० रामनगरमा भाडाका घरहरुमा सञ्चालन भैरहेको अस्पताल आफ्नै भवन निर्माणका लागि उपर्युक्त जग्गाको खोजीमा छ ।

अस्पतालले तिलोत्तमा नगरपालिकासँग १२ विगाह जग्गा प्राप्तिको लागि प्रस्ताव गरेकोमा कार्यपालिका बैठकले वडा नं. ४ को कित्ता नम्बर ६४ को सार्वजनिक जग्गा आठ बिगाहा पाँच कठ्ठा १९ धुर र त्यससँग जोडिएको नदी उकास क्षेत्रसमेत गरी दश बिगाहा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस गरिएको जग्गाको सन्दर्भमा वडा कार्यालयले सम्बन्धित वडाका बासिन्दाहरुसँग छलफल गरेको थियो भने कार्यपालिका सदस्यहरुसँग अस्पताल सञ्चालक समितिले अन्तरक्रिया समेत गरेको थियो ।

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’