गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सिफारिस गर्ने तिलोत्तमाको निर्णय

तिलोत्तमा, मंसिर ६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।नगर कार्यपालिकाको ४८ औं बैठकले अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले तिलोत्तमा नगरपालिकालाई यहीँ मंसिर ३ गते मुटु अस्पताल भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइदिन पत्र दिएको थियो । विगत पाँच वर्षदेखि बुटवल—१० रामनगरमा भाडाका घरहरुमा सञ्चालन भैरहेको अस्पताल आफ्नै भवन निर्माणका लागि उपर्युक्त जग्गाको खोजीमा छ ।

अस्पतालले तिलोत्तमा नगरपालिकासँग १२ विगाह जग्गा प्राप्तिको लागि प्रस्ताव गरेकोमा कार्यपालिका बैठकले वडा नं. ४ को कित्ता नम्बर ६४ को सार्वजनिक जग्गा आठ बिगाहा पाँच कठ्ठा १९ धुर र त्यससँग जोडिएको नदी उकास क्षेत्रसमेत गरी दश बिगाहा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस गरिएको जग्गाको सन्दर्भमा वडा कार्यालयले सम्बन्धित वडाका बासिन्दाहरुसँग छलफल गरेको थियो भने कार्यपालिका सदस्यहरुसँग अस्पताल सञ्चालक समितिले अन्तरक्रिया समेत गरेको थियो ।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।