जात्रै जात्रा’ टिजरः ‘यति चाँडै मर्न दिन्छु म, हिसाब किताब नबुझाई ? (भिडियोसहित)



काठमाडौं, २४ कात्तिक । केहि वर्ष अगाडिको हिट फिल्म ‘जात्रा’ को दोस्रो सिक्वेल फिल्म ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । दीप भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा ‘जात्रा’ फिल्मकै कलाकारहरु दोहोरिएका छन्, भने अभिनेता दयाहाङ पनि मुख्य भुमिकामा देखिएका छन् ।

फिल्मका सार्वजनिक टिजरमा अभिनेता विपिन कार्की, रनिन्द्रसिंह बानिया, रनिद्र झा र दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । आगामी फगुन १७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘जात्रै जात्रा’मा दयाहाङ, विपिन, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

फिल्ममा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । फिल्मको कार्यकारी निर्माताको रुपमा रविन्द्र सिंह बानियाँ रहेका छन् ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन