‘महाभारत’मा कृष्ण बन्दै आमिर खान !

काठमाण्डौ । बलिउड अभिनेता आमिर खानको ड्रीम प्रोजेक्ट मानिएको ‘महाभारत’ अहिले चर्चामा छ । यसकारण पनि चर्चामा छ कि, ‘ठग अफ हिन्दोस्तान’ फ्लप भएपछि आमिरका शुभचिन्तक र फ्यान मात्र नभएर आमिर पनि ‘महाभारत’बाट आशातित छन् ।

भारतीय मिडियाका अनुसार यस फिल्ममा आमिर खानले कृष्णको भूमिका निभाउने भएका छन् । आमिरले यसका लागि तयारी पनि थालिसकेका छन् ।

आमिर खानको फिल्म महाभारत तिन श्रंखलामा आधारित भएर तयार पारिदैँछ । यसको लागि अहिले हरेक किताबहरु अनुसन्धान गरिदैंछ । यस फिल्ममा कृष्णको भन्दा पनि द्रौपतिको भूमिकालाई बलियो रुपमा प्रस्तुत गरिने छ ।

द्रौपतिको भूमिकामा को देखिने भन्ने विषयमा टुङ्गो नलागे पनि आमिरले दीपिका पादूकोणलाई राख्ने इच्छा जाहेर गरेको बताइएको छ । आमिरले यसैका लागि पनि केही समयअघि दीपिकालाई भेटेको भन्ने खबर आएका थिए ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका