बीबीसी । इटलीमा विवाह गरेपछि दीपिका पादुकोण र रणवीर सिंह भारत फर्किएका छन्। आइतवार मुम्बइ फर्किएको यो जोडीलाई उनीहरूका प्रशंसकले दिएको बधाईका लागि उनीहरूले धन्यवाद दिएका छन्। यो जोडीको बुधवार इटलीको लेक कोमोमा कोंकणी रीतिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो। भारत फर्किएको यो नवविवाहित जोडीले पहिले विमानस्थल र पछि उनीहरूको अपार्टमेन्टबाट आफ्ना प्रशंसकहरूलाई अभिवादन गर्दै तस्बिर पनि खिचाएका थिए। बलिउडको बहु प्रतिक्षित विवाह मध्येको एक दीपिका रणवीरको विवाह एउटा नीजि समारोहका माझ भएको थियो जहाँ घरपरिवारका सदस्यहरू र केही विशेष साथीहरूलाई मात्र निमन्त्रणा दिइएको थियो। विवाहको पहिलो तस्वीर रणवीर सिंहले सामाजिक सञ्जालमा राखेका थिए। रणवीर सिंहले आफ्नो ट्वीटरमा विवाहका दुईवटा तस्वीर राखेका थिए। दीपिकाले भने इन्स्टाग्राममा विवाहको तस्वीरहरू राखेर विवाह सम्पन्न भएको सूचना दिएकी थिइन्। रणवीरले ट्वीट गरेको पहिलो तस्वीरमा उनले रातो रङको शेरवानी लगाएको देखिएको थियो र दीपिकाले पनि रातो रङको लेहेंगा लगाएकी थिइन्। यो तस्बिरमा रणवीरले दीपिकालाई एकदम नजिकबाट हेरिरहेका थिए भने दीपिका शिर निहुराएर आफ्नो हा...
Comments
Post a Comment