देउसी खेल्न हिँडेका नुवाकोटबाट बेपत्ता ५ किशोरी सुर्खेतमा यस्तो अवस्थामा भेटिए : प्रहरी बन्यो चकित

बेत्रावती । नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्था प्रहरीले उनीहरुलाई शुक्रबार उद्धार गरेको हो । किशोरीहरुको उद्धारपछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारवाहीका लागि त्यहाँको प्रहरीले नुवाकोटतर्फ पठाएको हो । शुक्रबार राति यहाँबाट गएका पीडित किशोरीका अभिभावक र प्रहरीले आज त्यहाँबाट बन्धक बनाउने विश्वकर्मा र किशोरीलाई नुवाकोटतर्फ ल्याइरहेका छन् ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका