अन्तरिक्षबाट पनि देखिन्छन् पृथ्वीमा बनेका यी निर्माणहरु
एजेन्सी । गुजरातको अहमदाबादस्थित नर्मदा नदी किनारामा बनाइएको सरदार पटेलको संसारको सबैभन्दा अग्लो मुर्ति स्ट्याचु अफ यूनिटी अन्तरिक्षबाट पनि सफा देखिन्छ ।अमेरिकाको कर्शियल नेटवर्क प्लेनेटले शुक्रबार १८२ मीटर अग्लो मुर्तिको अन्तरिक्षबाट लिइएको तस्वीर सार्वजनिक गरेको छ । सो तस्वीर पृथ्वीबाट ४ हजार किलोमिटर टाढाबाट खिचिएको थियो ।सरदार पटेलको यो मुर्ति हालै उद्घाटन गरिएको हो । यसको उँचाई ५९७ फीट छ ।
यो मुर्ति ती अदभुत मानव निर्मित वस्तु मध्ये एक हो जुन अन्तरिक्षबाट पनि देख्न सकिन्छ । पटेलको मुर्ति, दुबईको तटमा निर्माण गरिएको पाम आइल्याण्ड, चीनको द ग्रेटवाल र इजिप्टको ग्रेट पिरामिड अफ गीजामात्र यस्ता मानव निर्मित वस्तु हुन् जुन अन्तरिक्षबाट देख्न सकिन्छ ।
स्ट्याचु अफ यूनिटीको उद्घाटन गएको अक्टुबर ३१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । सरदार पटेलको यो मुर्ति गुजरातको केवडियामा नर्मदा नदीमा बनेको छ । यो मुर्ति बनाउन ५ वर्ष लागेको थियो ।
यो संसारमा सबैभन्दा थोरै समयमा बनेको मुर्ति पनि हो । यो मुर्ति बनाउन २९९० करोड भारु खर्च भएको थियो ।
You may also like
Comments
Post a Comment