आजैबाट छोडिदिनुस् यी वस्तुको उपभोग, नत्र क्यान्सरको शिकार भइएला !
एजेन्सी- क्यान्सरको नाम सुन्ने बितिकै धेरैको होस् उड्ने गर्छ। सिधै मरण सम्म पुर्याउने यस रोग देखि बचनको लागि हरेको को ध्यान हुने गर्छ। तर क्यान्सर तर्फ दैनिक उपभोग गर्दै आएको खाद्य वस्तुले धकेल्ने बारे भने सबै विज्ञ भने हुँदैनन्। क्यान्सरको मूख्य कारक धुम्रपान र मादक पदार्थलाई मान्ने गरिन्छ। यसको अलावा विभिन्न चीजहरु पनि क्यान्सरको कारक बन्ने बारे कमैलाई थाहा हुन्छ।प्रायले दैनिक रुपमा प्रयोग गर्ने रिफाइंड चीनीलाई पनि क्यान्सरको कारक वस्तुको रुपमा लिन सकिन्छ। चीनी बनाउने क्रममा रिफाइन गर्नको लागि विभिन्न फ्लेवर मिसाउने गरिन्छ। यस्ता हानिकारक फ्लेवरहरुले क्यान्सर कोषिकाको निर्माणमा केहि मात्रामा मद्दत गर्ने गर्छ। जसको कारण जानकारहरु चीनीको प्रयोग कम गरेकै राम्रो मान्ने गर्छन्।
पछिल्लो समय विश्वमा प्याक गरिएका खाद्य वस्तुको प्रयोग गरिने गरिन्छ। बजारमा प्याक गरिएका चिप्स देखि लिएर पपकर्नसम्म पाइने गरिन्छ। खाद्य वस्तुलाई नबिग्रियोस् भन्नको लागि प्याक गर्दा विभिन्न रसायन र फ्लेवरको प्रयोग हुने गर्छ। यस्ता रसायनहरुले क्यान्सर कोषिकाको निर्माणमा ठूलै भूमिका खेल्ने हुँदा यस्ता वस्तुको उपभोग नगरेकी राम्रो हुन चिकित्सकहरुले सल्लाह दिने गरेका छन्।
यती मात्र नभई गर्मि हटाउनको लागि विभिन्न पेय पदार्थको प्रयोग गर्ने गर्छन्। पेय पदार्थ भन्दा पानि खानु स्वास्थ्यको हिसावले राम्रो हुने भएता पनि मानिसहरु कोल्ड ड्रिंक्सहरुको अत्याधिक प्रयोग गर्ने गर्छन्। यस्ता पेय पदार्थहरु विभिन्न केमिकलको समिश्रणबाट तयार हुने गर्छन्। जसले क्यान्सर कोषिकाको निर्माणमा उल्लेख्य भूमिका खेल्ने गर्छ।
Comments
Post a Comment