मंसिर लाग्नासाथै पूर्व उपसभामुख सुवेदीले गरिदिइन् ‘बुहारीको विवाह’
बाँके । पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतीले जेठी बुहारीलाई छोरीका रूपमा विवाह गरेर पठाएकी छन् । संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत हरेका सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएकी हुन् ।सुवेदी पुत्र अच्युतराजको २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएपछि एकल भएकी जेठी बुहारी मालतीलाई छोरीका रूपमा सुधीर गौतमसँग विवाह गरेर पठाएका हुन् । बुहारीले नै मना पराएको केटा नेपालगन्जका गौतमसँग मंसीर लाग्न साथै सुवेदीले परिवारले विवाह गरिदिएका हुन् । शनिबार घरपरिवारका सदस्यले आफन्त तथा केही नेताहरूको उपस्थितिमा मालतीलाई विवाह गरिदिए । पूर्णाका श्रीमान् प्रकाश सुवेदी पनि नेकपाका नेता हुन् ।
अच्युतको मृत्युपछि एकल भएकी थिइन् मालती। उनका दुई छोरा छन् । सुवेदी परिवारले मालतीको खुशी पनि पूरा हुने भन्दै आफ्नै घरबाट विवाहको विधि पुर्याएर अन्माएका थिए । दुई नातिको पालनपोषणप्रति चिन्ता गरेका सुवेदी परिवारले मालतीलाई खुसीका साथ बिदाइ गरेका छन् ।
बुहारीले विवाह गर्ने इच्छा गरेको र घरबाटै अन्माइदिन प्रस्ताव राखेपछि बुहारीलार्इ छाेरीसरह अन्माइएर दिँदा आफूलार्इ पनि खुसी लागेको ससुरा प्रकाश सुवेदीले बताए । उनले भने ‘समाजमा रहेका रुढीवादी परम्पराहरू तोडेर अघि बढ्नु पर्छ । हामीले पनि एकल रहेकी बुहारीलाई बाबु बनेर अन्माएर पठायौ, यो उनको खुसीका लागि हो ।’
२०७२ वैशाख १२ गते गएको महाभूकम्पमा मालतीको श्रीमान् अच्युतराज सुवेदीको मृत्यु भएको थियो । काठमाडौंमा बसेको बसेको होटेल भत्किदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
Comments
Post a Comment