बन्चरो प्रहारबाट बनकट्टामा आफ्नै श्रीमतीको हत्या
चन्द्रौटा, १२ कात्तिक । श्रीमानको बन्चरो प्रहारबाट कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका १, बनकट्टा (तकदीरनगर) बस्ने वर्ष ३५ की सुमित्रा परियार रहेकी छन् । राति घरमा सुतिरहेको बेला बन्चरो प्रहार गरी ४० वर्षे बसन्त परियारले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । आइतबार राति करीब ११ बजेको समयमा घरभित्र भुईंमा विस्तरा लगाएका छोराछोरी सहित सबै सुतिरहेको बेला बसन्तले राति उठेर श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । बन्चरो प्रहारपछि बसन्त फरार भएको बताइएको छ । रगतले कपडा भिजेपछि बल्ल आफूहरुले थाहा पाएको छोरी बुनुले बताइन् । रुन कराउन थालेपछि अंकल अन्टी आएर गाउँघरमा हल्ला गरेको छोरा सुजनको भनाई छ । स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली राति नै घटनास्थल पुगेको थियो । मृतक सुमित्राको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाएको बताएको छ । श्रीमतीको हत्या गरी फरार भएका बसन्त परियारको खोज अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । द...