Posts

Showing posts from November, 2018

गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सिफारिस गर्ने तिलोत्तमाको निर्णय

Image
तिलोत्तमा, मंसिर ६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।नगर कार्यपालिकाको ४८ औं बैठकले अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले तिलोत्तमा नगरपालिकालाई यहीँ मंसिर ३ गते मुटु अस्पताल भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइदिन पत्र दिएको थियो । विगत पाँच वर्षदेखि बुटवल—१० रामनगरमा भाडाका घरहरुमा सञ्चालन भैरहेको अस्पताल आफ्नै भवन निर्माणका लागि उपर्युक्त जग्गाको खोजीमा छ । अस्पतालले तिलोत्तमा नगरपालिकासँग १२ विगाह जग्गा प्राप्तिको लागि प्रस्ताव गरेकोमा कार्यपालिका बैठकले वडा नं. ४ को कित्ता नम्बर ६४ को सार्वजनिक जग्गा आठ बिगाहा पाँच कठ्ठा १९ धुर र त्यससँग जोडिएको नदी उकास क्षेत्रसमेत गरी दश बिगाहा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस गरिएको जग्गाको सन्दर्भमा वडा कार्यालयले सम्बन्धित वडाका बासिन्दाहरुसँग छलफल गरेको थियो भने कार्यप

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

Image
बलिउड अभिनेता सञ्जय दत्तकी पत्नी अहिले सामाजिक सञ्जालमा छाएकी छिन्। प्राय: आफ्नो हट तस्बिरहरुले सामाजिक सञ्जालमा तापमान बढाउने मान्यता एक पटक फेरि चर्चामा छिन्।मान्यता अहिले सिङ्गापुरमा बच्चाहरुसँग छुट्टी मनाईरहेकी छिन्। सिङ्गापुरको मस्तीको यी तस्बिर उनले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् जसमा उनी बच्चाहरुसँग स्विमिंग पूलमा देखिएकी छिन्। सिङ्गापुरमा सञ्जय दत्त पनि उनीसँग थिईन तर मुम्बई फर्किसकेका छन्। केही दिन अघि सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ रिलिज भएको थियो जसले दर्शकबाट भरपुर माया पाएको छ। फिल्म हिट भए लगत्तै सञ्जय दत्त परिवारसँग घुम्न निस्किए। मान्यताका यी तस्बिर खुबै मन पराईएको छ। मान्यता आफ्नो इन्स्टाग्राममा अक्सर केही तस्बिरहरू शेयर गरिरहन्छिन् जसमा उनको अन्दाज बिल्कुल अलग हुन्छ। केही समय अघि मान्यता जब छुट्टी मनाउन गएकी थिईन त्यस समय उनले रेड बिकिनीमा तस्बिर पोस्ट गरी सनसनी नै मच्चाएकी थिईन।

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

Image
हेटौंडा। वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

Image
काठमाडौं / बलिउड अभिनेत्रि प्रियंका चोपडा अभिनित नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘पाहुना’अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।यस ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ ।ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के–के गरेका छन् भन्ने कुरा देख्न सकिन्छ ।नेपाली भाषामा तयार पारिएको फिल्म ‘पाहुना’मा अंग्रेजी सबटाइटल पनि राखिएको छ ।उक्त फिल्म पाखी ए तराइवालाले निर्देशन गरेका हुन् । फिल्म ‘पाहुना’मा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

Image
नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । बिहेमा दाइजो माग्ने चलन अझै पनि हाम्रो समाजमा यथावतनै रहेको छ । यो प्रथालाइ हटाउन हामी सबैले पहल गर्नु पर्ने हुन्छ।यो भिडियोमा एक महिलाले दाइजोको बिसयमा चोटिला सब्द बोलि सबैलाई रुवायेकी छिन् । मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन ।दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । दाइजोको बिसयमा बनिएको यो भिडियो कृपया हेरेर सबैलाई सेयर गरि जानकारी गराउनु होला ।

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

Image
काठमाडाैं : डेढ दशकअघि निरुता सिंह निकै व्यस्त र चर्चित थिइन् । वरिष्ठ निर्देशक तुलसी घिमिरेले दक्षिणा फिल्मबाट डेब्यु गराएपछि केही समय निरुता घिमिरेकै फिल्महरूमा व्यस्त भइन् ।उनले दक्षिणापछि रहर, मीतज्यू, साइत, दर्पण छायालगायतका फिल्ममा अभिनय गरिन् । उनी अभिनीत दर्पण छाया सुपरहिट भयो ।पहिलोपटक उनले घिमिरे क्याम्पको दयाराम दाहाल निर्देशित ठूल्दाइ फिल्ममा अभिनय गरिन् । त्यो फिल्म पनि सुपरहिट भयो । त्यसपछि निरुताले केही वर्षपछाडि फर्केर हेर्नुपरेन ।तर, दिन सधैँ एकैनास कहाँ हुदोरहेछ र ? निरुताका फिल्म पनि लगातार फ्लप हुन थाले । दर्पण छाया, ठूल्दाइ, आफन्त, आफ्नो मान्छे, आफ्नो घर आफ्नै मान्छे, कर्तव्यलगायतका थुप्रै हिट फिल्म दिएकी निरुता फिल्म चल्न र अफर आउन कम भएपछि आफ्नो जन्मदेश भारत फर्किइन् ।त्यसपछि उनी इन्टेरियर डिजाइनिङ कार्स गर्ने भनेर मुम्बई बस्न थालिन् । तर, बीच–बीचमा उनी काठमाडाैं भने आइरहन्थिन् । मुम्बई गएको केही वर्षपछि उनी फर्केर आई द गेम र मलाई मन प-यो नामक दुई फिल्ममा अभिनय गरिन् । तर, ती दुवै फिल्म चलेनन् । त्यसपछि निरुता मुम्बईमै बस्न थालिन् । गत भदौमा उनलाई दर्शकले लामो स

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।

Image
युरोपमा युवतीहरुले नुहाउने सार्वजनिक स्थानमा एक युवकले यसरी मोवाइलको क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासंगै फेसबुक, ट्विटर, युटुयुब र भाइवरले आजभोलिका हरेक युवाहरुलाई फेसनेबल र खुला बनाएको कुरा सर्वविदितै रहेको छ । यसरी उदार बनेको समाजमा मोबाइल फोनले नै फोटो र भिडियो खिच्ने भएपछि आफ्नो निजि जीवनका हरेक अवस्थाका अथवा समाजमा हुने गोप्य घटनाका भिडियो र फोटोहरु पनि मानिसले सामाजिक सञ्जालमा सार्वजनिक रुपमा नै अपलोड गर्ने गरेका छन् । यसै क्रममा युरोपमा युवतीहरुले नुहाउने सार्वजनिक स्थानमा एक युवकले यसरी मोवाइलको क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न । हेरौं भिडियो ।

मलेसियामा एक नेपालीको शव फेला

Image
मंसिर ५- मलेसियामा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव फेला परेको छ । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ । उनको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेट्यौं, उनले सुरक्षा गार्डको पोशाक लगाएका थिए,’ प्रहरीको भनाईलाई उद्धृत गर्दै मलेसियाको अनलाइन ‘द स्टार’ले लेखेको छ । कसैले हत्या गरेको हो वा उनको अरु नै कारणले मृत्यु भएको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।मृतक नेपाली भएको पत्ता लागेपनि उनको नाम भने खुलेको छैन ।

सरकारले सेना र प्रहरीलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने देउवाको आशंका

Image
काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रहरी र सेना कब्जा गरेर अगाडि बढ्नसक्ने आशंका व्यक्त गरेका छन् ।नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको २९औं स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुरक्षा निकायलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने बताए । सत्तारुढ दलले स्वतन्त्र न्यायपालिकालाई धरापमा पार्ने कामसमेत गरेको भन्दै देउवाले विपक्षीको कुरालाई बुझेर प्रजातन्त्र जोगाउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कानुन व्यवसायीहरुले अहिले न्यायालय लेनदेनमा र राज्य सौदाबाजीमा चलिरहेको आरोप लगाउँदै दुईतिहाइको दम्भले संसदीय र न्यायिक सर्वोच्चताको धज्जी उडाइएको बताएका थिए ।

यती हट केटीले कम्मर मचक मचक हल्लाए पछी केटाहरु बेहोस ? भिडियो हेर्नुहोस !

Image
सुन्दर मुहार कशिलो शरिर रातो टि सर्ट र जिन्सको पाइन्ट मचक मचक मच्किने कम्मर ।हजरौ दर्शकको बिचमा गज्जबको डान्स । यो भिडियो हो ओखल्ढुङाको एक साँस्कृतिक कार्यक्रम को । ओखल्ढुङा लिखु गाउपालिका गाम्नाङ्टारमा आयोजित खुल्ला भलिबल तथा साँस्कृतिक कार्यक्रममा एक मोडलले गज्जबको नृत्य प्रस्तुत गरेको छन ।आस्था राउतको गितमा उनिले कम्मर हल्लाउदै गर्द हजारौ दर्शकको मन जितीन ।

छोटो समयमै ज्यान लिने एपेन्डिसाइटिस रोग के कसरी लाग्छ, यसका लक्षण कस्ता हुन्छन ?

Image
कोही एपेन्डिसाइटिसलाई राम्रो व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् । एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ । हातको औला जस्तो देखिने चार इञ्च लामो यो अंगमा जब अवरोध हुन्छ, त्यतिबेला एपेन्डिक्स हुन्छ। एपेन्डिक्स एक प्रकारको मेडिकल इर्मजेन्सी हो । एपेन्डिक्स भएको २४ घण्टा देखि ४८ घण्टाभित्रमा शल्यक्रियाद्धारा यसलाई नहटाए विरामीको ज्यान समेत जानसक्छ ।एपेन्डिक्स कुनैपनि उमेर समूहका मानिसलाई हुनसक्छ । सामान्यतया १० देखि ३० वर्ष उमेर समुहका मानिसमा बढी देखिने यो समस्या महिलाको तुलनामा पुरुषलाई बढी हुने गर्दछ । एपेन्डिक्स हुनुको कारण कव्जियत , क्यान्सर लगायतका कारण जब एपेन्डिक्समा कुनै पनि किसिमको अवरोध खडा हुन्छ, त्यतिबेला एपेन्डिक्स दोब्बर भई पेट फुल्ने तथा पेटमा संक्रमण हुन थाल्छ । जसले गर्दा एपेन्डिक्समा सुन्निने गर्छ । कब्जियतका कारण पनि मानिसहरुलाई एपेन्डिक्सको समस्या हुने भएकोले चिकित्सकहरु फाइबरयुक्त खानेकुरा खाने सल्लाह दिने गर्छन् । कसरी थाहा पाउने ? १. पेटको दुखाई २. हल्का ज्वरो ३. वान्ता आउने ४. खान मन नलाग्नु ५.कब्जियत ६. पखाला पेटको दुखाई

सौतनी छोरी सारालाई करिनाले भनिन् म कदापी साराको आमा बन्न सक्दिन्

Image
एजेन्सी- नायिका करिना कपुरले सोतनी छोरी साराको आफु आमा बन्न नसक्ने बताएकी छन् ।उनले भनेकी छन् म साराको आमा नबनी राम्रो साथी बन्न सक्छु । कीनकी, उनीहरुको निकै नै राम्री आमा पहिले नै छिन् ।’ करिनाले अगाडि भनिन्–‘मैले सधै नै सैफलाई भन्ने गरेकी छु, सारा र इव्राहिमको म साथी मात्र बन्न सक्छु । म कहिले पनि उनीहरुको आमा बन्न सक्दिनँ । करिनाले सारा र इब्राहिमले आफ्नो कुनै पनि सल्लाहा चाहेको खण्डमा आफू सधै नै तयार हुने समेत खुलाइन् । करिनाले साराको खुलेर प्रशंसा गर्दे भनेकी छन् ।‘सारामा यस्तो गुण छ जुन निकै कममा मात्र हुन्छ । उनीसँग सुन्दरता र दिमाग दुबै छ । यो बलिउडमा धेरै लामो समयपछि मात्र भएको हो । उनले कुनै पनि मानिससँगको कुराकानीलाई सजिलै सम्हाल्न सक्छिन् ।’उनको भविष्य सुन्दर छ ।कलाकार अमृता सिंहसँग डिभोर्स गरेपछि सैफले करिनासँग बिहे गरेका थिए ।करिनाले अमृतासँग पनि आफ्नो सम्बन्ध राम्रो भएको बताएकी छन् ।सारा अभिनित फिल्म केदारनाथ प्रर्दशनको तयारीमा रहेको छ ।

मिस वल्ड २०१८ को भोटिङमा अझै एक नम्बरमै पर्न सफल शृंखला खतिवडाको भिडियो

Image
चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि मिस नेपाल वर्ल्ड मकवानपुरकी चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन् ।खतिवडा कार्तिक २३ गते शुक्रबार भाइटीकाका दिन सान्यातर्फ गएकी हुन् । खतिवडाले संसारभरका विभिन्न देशबाट आएका एक सय २० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ‘ब्यूटी पेजेन्ट’ अन्तर्गत विभिन्न इभेन्टमा उनीहरुको ट्यालेन्टका आधारमा मिस वर्ल्ड छनौट हुनेछ । मिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताका लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमध्ये एक हो: ब्यूटी विथ अ पर्पस अर्थात् उद्धेश्यसहित सौन्दर्य । यसका लागि विभिन्न देशका सुन्दरीले आआफ्नो उद्धेश्यसहित वृत्तचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ । सन् २०१३ मा नेपालका लागि पहिलो पटक इशानी श्रेष्ठले उक्त उपाधि जितेकी थिइन् ।

निर्मलाका बुवाअामालाई भेटे गगन थापाले हात समाएर भने, ‘प्रधानमन्त्रीसँग म कुरा गर्छु’

Image
दुई सातादेखि जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका उनीहरुलाई बुधबार बिहान भेटघाट भेटेर नेता थापाले न्याय दिलाउन आफूले सक्दो पहल र सहयोग गर्नै बताए । गएको साउन १० गते हराएकी भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको भोलिपल्ट उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थमा शव फेला परेको थियो । न्यायको माग्र्दै धर्नामा बसेका निर्मलाका बुवाआमालाई भेटेका नेता थापाले निर्मलाको बुवाका हात समाएर भने, ‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् । तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म र्पुयाउँछु ।’ निर्मला प्रकरणमा सरकार उदासीन हुन नहुने भन्दै उनले प्रधानमन्त्री र उक्त प्रकरणमा प्रतिपक्षीदल कांग्रेसको भूमिका सशक्त नदेखिएको विषय पार्टी सभापति समक्ष भेटेरै राख्ने प्रतिबद्धता जनाए ।

कुटाइ खाएपछि हस्पिटल पुगेपछि पनि फेरि रेस्लिङ रिंगमा पुगिन् राखी सावन्त !

Image
एजेन्सी। विदेशी रेस्लरबाट रिंगमा कुटाइ खाएर अस्पताल पुगेकी भारतीय आइटम डान्सर राखी सावन्त पुनः त्यही रिंगमा पुगेकी छिन् । यतिमात्र होइन उनले रिंगमा पुगेर फेरि रेस्लरलाई च्यालेन्ज गरिन् । रिंगभित्र पुग्नेबित्तिकै राखीले भनिन् ‘दुःखको कुरा आज रेबेलसँग मुकाबला हुन पाएन ।’ यस पटक रिंगमा राखीको साथमा सपना चौधरी र अर्शी खान पनि थिए । अहिले हरियाणाको करनालमा सिडब्लुइ रेस्लिङ चलिरहेको छ जहाँ राखी अस्पतालबाट निस्केर फेरि पुगेकी हुन् । रिंगमा राखी, सपना चौधरी, अर्शी खान र पंजाबी गायक खान साहबले पनि प्रस्तुती दिएका छन् । यहाँ सपना चौधरी जान लाग्दा भीडले उनलाई घेरेपछि उनलाई बचाउनको लागि उनका दाजुले गोली चलाए । हवाइ फायर गरेका सपनाका दाजुलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छोडेको थियो । सपनाको कार्यक्रममा हालै बिहारमा भीड अनियन्त्रित हुँदा लाठी चार्ज गर्नुपरेको थियो । यहाँ लाडीचार्जपछिको भागदौडमा एक जनाको मृत्यु भएको थियो र केही घाइते भएका थिए ।

भगवान शिवले किन लगाउँछन् बाघको छाला ? यस्तो छ कारण ….

Image
काठमाण्डौ । भगवान शिव भन्ने वित्तिकै तपाईंलाई एउटा स्वरुपको याद हुन्छ । हातमा त्रिशुल लिएका, बाघको छाला बेरेका, शिरमा चन्द्रमा र गंगासहित नागको माला लगाएका । धर्मग्रन्थहरुमा भगवान शिवको जुन स्वरुपको बर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ । के तपाईंले कहिल्यै सोच्नु भएको छ ? शिवजीले बाघको छाला किन लगाए ? जति पनि तपाईले तस्वीर देख्नु भएको छ त्यसमा शिवजी कित बाघको छाला लगाएको अवस्थामा वा बाघको छालामाथि बसेको अवस्थामा देख्नु भएको छ । आखिर शिवजीले किन बाघको छाला लगाए ? यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा भगवान शिव र बाघसँग सम्बन्धित प्रसंग रहेको छ । पौराणिक कथा अनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे । यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् । भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरु भगवान शिवप्रति आकर्षित भए । सवै काम छोडेर ऋषि पत्नीहरु शिवजीको पछिलाग्न थालेपछि ऋषिहरु तनावमा परे र उनीहरु शिवसँग क्रोधित भए । तर उनीहरुले निवस्त्

‘महाभारत’मा कृष्ण बन्दै आमिर खान !

Image
काठमाण्डौ । बलिउड अभिनेता आमिर खानको ड्रीम प्रोजेक्ट मानिएको ‘महाभारत’ अहिले चर्चामा छ । यसकारण पनि चर्चामा छ कि, ‘ठग अफ हिन्दोस्तान’ फ्लप भएपछि आमिरका शुभचिन्तक र फ्यान मात्र नभएर आमिर पनि ‘महाभारत’बाट आशातित छन् । भारतीय मिडियाका अनुसार यस फिल्ममा आमिर खानले कृष्णको भूमिका निभाउने भएका छन् । आमिरले यसका लागि तयारी पनि थालिसकेका छन् । आमिर खानको फिल्म महाभारत तिन श्रंखलामा आधारित भएर तयार पारिदैँछ । यसको लागि अहिले हरेक किताबहरु अनुसन्धान गरिदैंछ । यस फिल्ममा कृष्णको भन्दा पनि द्रौपतिको भूमिकालाई बलियो रुपमा प्रस्तुत गरिने छ । द्रौपतिको भूमिकामा को देखिने भन्ने विषयमा टुङ्गो नलागे पनि आमिरले दीपिका पादूकोणलाई राख्ने इच्छा जाहेर गरेको बताइएको छ । आमिरले यसैका लागि पनि केही समयअघि दीपिकालाई भेटेको भन्ने खबर आएका थिए ।

तौल घटाउन चहानुहुन्छ ? चिसो पानीले नुहाउनुहोस्

Image
काठमाण्डौ । स्वस्थ रहनका लागि स्लिम हुनु जरूरी हुन्छ । मोटो मान्छेलाई अनेकौं रोगले सताउँछ । मानिसहरु तौल घटाउनका लागि अनेकौ प्रयास गर्छन् । स्लिम बन्नका लागि कसैले जिम धाउँछन्, कोहि डा इटिङ गर्ने गर्छन् । तर, तपाईंलाई थाहा छ, चिसो पानीले नुहाउँदा पनि तौल घट्छ । यो कुरा सत्य हो । शरीरमा दुई किसिमका बोसोहरू हुन्छन् : सेतो र खैरो । सेतो बोसो बढ्यो भने शरीर मोटाउँछ । चिसो पानीले नुहाउँदा शरीरमा बढेको बोसो घट्छ । यसका अरू पनि फाइदा छन् । चिसो पानीले नुहाउँदा तनाव कम हुन्छ । यसले रक्तसञ्चार बढाउँछ जसका कारण बोसो घट्छ । यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । मानसिक रोग लागेका व्यक्तिलाई चिसो पानीले नुहाउँदा फाइदा पुग्छ ।

राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि शुभारम्भ हुने

Image
पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुआत गर्न लागिएको हो । भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा सोमबार पाँचथर आउने कार्यक्रम तय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको थालनी भएको थियो । राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने निर्देशक न्यौपानेले जानकारी दिए । उक्त कार्यक्रमको तयारी पूरा भएको तथा सोही अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम

महिलाको गुप्तांगमा उनकै पतिले स्टिलको गिलास हालिदिए….

Image
एजेन्सी। गम्भीर रुपमा घाइते भएकी एक महिला अस्पतालमा उपचारपछि होसमा आएपछि निकै डरलाग्दो रहस्यको खुलासा गरेकी छिन् । उनी होसमा आउनुभन्दा पहिले भनिएको घटना पूरै झुटो भएको रहस्य खुलेको छ । ती महिलाको गुप्तांगमा उनकै पतिले स्टिलको गिलास हालिदिएको खुलेको छ । त्यसपछि उनका पतिले अञ्जान ३ जना व्यक्तिले पत्नीलाई बलात्कार गरेको झुटो कहानी सुनाइरहेका थिए । भारतको बिहार मुजफ्फरपुरकी ती महिलाका अनुसार उनका पतिले गुप्तांगमा गिलास हालिदिएर उनलाई तड्पिरहेको अवस्थामा छोडेर गएका थिए । त्यसपछि उनलाई आसपासका मानिसहरुले देखेर अस्पतालमा भर्ना गराएका थिए । अस्पतालमा डाक्टरहरुले अपरेशन गरेर गिलास निकाले । त्यसअघि उनका पतिले तीन जनाले बलात्कार गरेको झुटो कहाी सुनाउँदै स्थानीय, प्रहरी र मिडियालाई पनि भ्रमित पारेका थिए । शुक्रबार होसमा आएपछि महिलाले प्रहरीलाई दिएको बयानमा आफ्ना पतिमाथि नै आरोप लगाएपछि प्रहरीले पतिलाई पक्राउ गरेको छ । महिलाका अनुसार बुधबार साँझ उनकी बहिनी छठको प्रसाद लिएर उनलाई भेट्न आएकी थिइन् । त्यही समयमा उनका पति रिसाउँदै घरमा आए । उनलाई छुट्टै कोठामा बोलाएर कुटपिट गर्न थाले । महिलाका अनुसार

रुघा-खोकी, जुम्रा मार्न, सर्पको विष झार्न, देखि मिठो निन्द्राका लागि रामवाण : तेजपत्ता !

Image
काठमाण्डौ । तेजपत्ता पनि घरेलु औषधीले भरिपुर्ण गुण भएको पात हो । यसले माछा, मासुका परिकार स्वादिलो बनाउनको लागि प्रयोगमा ल्याइन्छ । यसले स्वादको मात्र काम नगरेर अचुक औषधीको काम गर्छ । तेजपत्ताका फाइदा यस्ता छन् ः १. रुघा–खोकी ठीक पार्छ : रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ । २. सर्पको विष झार्छ : सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई तत्काल निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’ तथा ‘एन्टी ब्याक्टेरियल’ गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ । ३. निद्रा राम्रो लाग्छ : यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ । नाकबाट रगत बग्न रोक्छ : गर्मी मौसममा कति

बलात्कारपछि हत्या : न्याय पाउने हरायो आश

Image
जीतपुर,। सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधँैका लागि बिदा लिइन् । “मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो”, आमा फहियाले आँखाभरि आँशु झाँर्दै भनिन्,“ छोरीको हत्यारा अहिलेसम्म पक्राउ नपर्दा दुःख लागेको छ ।” विसं २०६८ असोज १४ गते घरको नजीकै थारु समुदायको सांस्कृतिक कार्यक्रम हेर्न जाँदा शिवरानीको अर्को दिन बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजीकैको नहरमा शव भेटिएको थियो । “म छिट्टै आउँछु है भनेर छोरीले भनेको बोलीको झझल्को अझै पनि बिर्सन सक्दिन”, फहियाले भनिन्, “ छोरीको हत्या भएको सात वर्ष बित्दा पनि हत्यारालाई कारवाही हुन सकेन । हामीजस्ता गरिबहरुको कसले न्याय गर्छ”, उनले दुःखको पीडा सुनाउँदै भनिन् । उनि कुरा भन्दै जाँदा बीचैमा टोलाउछिन् । शिवरानीका हजुरबुवा कुल्चा थारुले हत्यारा पत्ता लगाउनका लागि पटक पटक प्रहरीलाई दबाब दिइए पनि हालसम्म पनि न्याय

पाल्पा र स्याङ्जा जोड्ने गौरीघाटको पुल निर्माण अन्तिम चरणमा

Image
पाल्पा,। पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीको गौरीघाटको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाको वडा नं ६ र चापाकोट नगरपालिकाको वडा नं ७ जोड्ने सो पुल आउँदो फागुनभित्रमा सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ । अहिलेसम्म ८० प्रतिशत पुल निर्माणको काम सकिएको छ भने बाँकी २० प्रतिशत काम फागुनभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले २०७२ साल फागुन १६ गते शिलान्यास गरेर पुल निर्माण अगाडि बढाएको हो । शिलान्यास भएको तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई तीव्र रुपमा अगाडि बढाएको छ । १७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा सम्झौता भई निर्माण सुरु भएको हो । अहिले पुल निर्माणमा तीन वटा स्काभेटर र २५ जना कामदार परिचालन गरिएको निर्माण कम्पनीका प्रतिनिधि एवम् चापाकोट नगरपालिका–७ का वडाध्यक्ष एकदेव भट्टराई बताउछन् । “पाल्पाको भागमा सबै काम सकियो, अहिले स्याङ्जातर्फको भागमा डाइभर्सन र फिलिङ गर्ने काम भइरहेको छ, बिहान ६ देखि

इटलीमा बिहे गरेर भारत फर्किए दीपिका-रणवीर ! हेर्नुहोस् नवबिवाहित जोडीको ६ तस्वीर

Image
काठमाण्डौ । बलिउड हस्ती दीपिका पादुकोण र रणवीर सिंह इटलीमा बिहे गरेर आज भारत फर्किएका छन् । बुधवार इटालीको लेक कोमोमा कोंकणी रीति अनुसार रणबीर-दिपिकाको बिहे भएको हो । भारत ओर्लिएपछि यो नवविवाहित जोडी पहिले एअरपोर्टमा र त्यसपछि आफ्नो अपार्टमेन्टबाट आफ्ना प्रशंसकलाई अभिवादन गरेका गर्दै तस्वीर समेत खिचाएका थिए । नव बिवाहित यो जोडीलाई फ्यानले बधाई दिए । यी दुईले बिहेमा एकदमै नजिकका साथी र आफन्तलाई मात्र निम्ता गरेका थिए । रणवीर र दीपिकाको बिहे पहिलेदेखि नै चर्चामा थियो । पछिल्लो महिना जब यो जोडीले आफ्नो बिहेको मिति घोषणा गरे, त्यतिबेला उनीहरुले बिहेको कार्ड पठाए । उक्त कार्ड हिन्दीमा नै छपाइएको थियो । खबरका अनुसार यी दुईबीच फिल्म ‘रामलीला’ को शूटिङको बेलाबाट प्रेम सम्बन्ध सुरु भएको हो ।

जानी राखौँ : यौनशक्ति बढाउने यस्ता छन् गज्जबका ७ उपाय

Image
१. चिन्तामुक्त रहने के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । सेक्सका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महशुस नगर्ने । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ। २. लुब्रिकेशनको प्रयोग ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ को एक अनुसन्धानअनुसार जो पु्रुष लुब्रिकेशन र कण्डम प्रयोग गर्छन्, उनीहरु बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन् । ३. आफूलाई सीमितमा नबाँध्नु हप्तामा एकपटक, महिनामा एकपटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमित नराख्नुस् । बरु पटक–पटक सेक्स गर्नुस् । यसबाट लामो समयसम्म तपाईंको स्टामिना बनाउन सकिन्छ। ४. सक्रिय रहनु यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईंलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ । ५. रक्सीबाट टाढै रहनु यदि तपाईं सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथा अल्कोहलमिश्रित पेयपदार्थबाट टाढै रहनुस्, यसको से

मोदीले दिएको श्रीखण्ड भोलिदेखि पशुपतिनाथमा चढाइने

Image
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ। विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए। पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गरेको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। सोमबारदेखि भित्र र बाहिर एकै किसिमको चन्दन वितरण गरिने पनि उनले बताए। यसअघि भित्र र बाहिर फरकफरक चन्दन वितरण भएको गुनासो भक्तजनबाट आउने गरेको थियो। वर्षमा २५० किलो चन्दन भक्तजनलाई वितरण गर्ने कोषले जनाएको छ। वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ। शुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई/अढाई किलो गरी मासिक पाँच किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले सुनाए। त्यसले नपुग्ने भएकाले महीनामा एक किलो मोदीले दिएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिन

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपाय

Image
काठमाडौँ । अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ। मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ। यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ । बिना अप्रेशन पायल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय: पाइल्सको उपचार गर्ने घरेलु उपाय – करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे पाइल्स निको हुन्छ । – निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई आधा तोलाको दरले खाने गरे खटिरा सुकेर जान्छ। – प्याजको रस महमा मिसाएर खाने गरे खुनी बबासीर निको हुन्छ । – पाँच मासा तुलसीको गेडामो धुलो पानी सित पिउनाले पाइल्स निको हुन्छ । – बेसारको चुर्ण दुधमा मिसाएर लेप गर्नाले पुर्ण आराम हुन्छ । – पाइल्सको रोगीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्ता सम्म मनतातो पानी संग खाने गरेमा फाइदा गर्दछ । – भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ । – खुनी बवासीरमा तलाउको नजिकैको हरीयो दुवो माटो भाडामा अलिक

शरीरमा दाद आयो ? छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपाय

Image
दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ । केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ । साधारणतया, दाद चिलाउने खालको हुन्छ र छालामा गोलो, रातो अनि फुस्रो दाग देखा पर्दछ। विशेष गरी, गुप्ताङ्ग (योनी, काखी, पुठो), घुच्चुक, औँलाको काँपा जस्ता ओसिलो तर न्यानो ठाउँमा दाद आउने गर्दछ । दादका लागि घरेलु रोकथामका उपाय : सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ । यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ । तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ । किनभने त्यस्ता रसायनिक औषधीले शरीरको प्रतिरक्षा प्रणालीलाई दादविरुद्ध कमजोर बनाइदिन्छ र पछि झन् – झन् शक्तिशाली औषधीको प्रयोग गर्नुपर्ने हुन्छ । फेरि त्यस्ता औषधीहरूको अधिकांश साइडइफेक्ट हुने गर्दछ, जसले उल्टो पीडामात्र थप्ने काम गर्दछ। त्यसैले सुरुमा घरेलु उपाय नै अपनाउनु जाति हुन्छ । जिद्दी दादको लागि घरेलु रोकथामका केहि उपायहरू यस्त

सडकछेउ ट्रक राखेर सामान झार्दै थिए ड्राइभर, छेउमै रहेको पातको थुप्रो देख्दा…

Image
एजेन्सी। अमेरिकाको इण्डियानापोलिस राज्यमा एक ट्रक ड्राइभर ट्रकमा सामान लिएर छोड्न गएका थिए । उनी सम्बन्धित ठाउँमा पुगेपछि सडकछेउमा गाडी राखेर पार्सल लिइ घरमा छोड्न गए । घरमा पार्सल छोडेर फर्किने क्रममा अचानक उनको नजर सडकछेउ थुप्रिएका पातहरुमा पर्यो । पातको थुप्रोमा उनलाई केही अनौठो चीज लाग्यो । त्यसपछि उनले त्यो चीज के हो भनी जान्न नजिकै गएर हेरे । नजिक गएर हेर्दा उनलाई झट्का लाग्यो । त्यहाँ एक बालक सुतेका थिए । ती बालक तिनै महिलाका छोरा थिए जसको सामान छोड्न उनी घरमा गएका थिए । ती बालक खेल्दै खेल्दै त्यहाँ लुकेका थिए । तर ती बालक जहाँ लुकेका थिए त्यो ठाउँ निकै खतरनाक थियो किनकि पातको थुप्रो सडकमै थियो । त्यहाँ ती बालकलाई झट्ट देखिँदैनथ्यो । ती ट्रक ड्राइभर जोर्डन बीबर आफैंले पनि ट्रक लिएर त्यहाँ जाँदा र महिलाको घरमा सामान छोड्न जाँदासम्म पनि उनलाई देखेका थिएनन् । जोर्डनका अनुसार फर्किने बेलासम्म पनि ती बालकतिर ध्यान नगएको भए उनले त्यहीँबाट ट्रक अगाडि बढाउन सक्थे र बालक त्यहीँ किचिन सक्थे। उनले महिलासँग सोधेर लुकिरहेका बालकको एउटा फोटो खिचे । त्यसपछि जोर्डनले त्यो फोटो सामाजिक संजालमा

बिहेको अघिल्लो दिन खुल्यो हुनेवाला पतिको असलियत, त्यसपछि युवतीले

Image
एजेन्सी। बेलायतकी एक युवतीले आफ्नो बिहेको ठिक अघिल्लो दिन आफ्ना हुनेवाला पतिको मोवाइल भेटिन् । बेलायतको रोसभिलेकी स्टेसी नामकी ती युवतीले मोवाइलमा यस्तो देखिन् कि उनी छाँगाबाट खसेझैं भइन् । उनका हुनेवाला पतिले अर्कै एक महिलालाई निकै आपत्तिजनक र अश्लील म्यासेज गरेका थिए । उनले पूरै कुराकानी पढिन् र निकै रोइन् । तर, त्यसपछि स्टेसीले जे गरिन् त्यो उदाहरणीय बन्यो । स्टेसीले आफूले हुनेवाला पतिको असलियत थाहा पाइसकेको कसैलाई बताइनन् । उनी हुनेवाला पतिको अगाडि यसरी देखिइन् कि मानौं उनलाई केही थाहा नै छैन । त्यसपछि उनी चुपचाप भोलिपल्ट हुने बिहेको तयारीमा लागिन् । भोलिपल्ट बिहेको प्रक्रिया सुरु भयो । विवाहस्थलमा हुनेवाला बेहुला एलेक्ससहित सबै पाहुना पुगिसकेका थिए । त्यहाँको बिहेको चलनअनुसार बेहुली बनेकी स्टेसीले श्याम्पेनको बोतल खोलिन् । त्यसपछि दुवैले बिहेको कसम खानुपर्ने थियो । तर, एक्कासी त्यही बेला सबै बत्ती मधुरो भए । सबै बत्ती मधुरो भएसँगै एउटा प्रोजेक्टर स्क्रिन सुरु भयो । स्क्रिनमा लेखिएको थियो ‘म एलेक्ससँग बिहे गर्दिन । के तपाइँ गर्नुहुन्छ ?’ त्यसपछि स्क्रिनमा एलेक्सले अर्की महिलालाई प

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

Image
बीबीसी । इटलीमा विवाह गरेपछि दीपिका पादुकोण र रणवीर सिंह भारत फर्किएका छन्। आइतवार मुम्बइ फर्किएको यो जोडीलाई उनीहरूका प्रशंसकले दिएको बधाईका लागि उनीहरूले धन्यवाद दिएका छन्। यो जोडीको बुधवार इटलीको लेक कोमोमा कोंकणी रीतिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो। भारत फर्किएको यो नवविवाहित जोडीले पहिले विमानस्थल र पछि उनीहरूको अपार्टमेन्टबाट आफ्ना प्रशंसकहरूलाई अभिवादन गर्दै तस्बिर पनि खिचाएका थिए। बलिउडको बहु प्रतिक्षित विवाह मध्येको एक दीपिका रणवीरको विवाह एउटा नीजि समारोहका माझ भएको थियो जहाँ घरपरिवारका सदस्यहरू र केही विशेष साथीहरूलाई मात्र निमन्त्रणा दिइएको थियो। विवाहको पहिलो तस्वीर रणवीर सिंहले सामाजिक सञ्जालमा राखेका थिए। रणवीर सिंहले आफ्नो ट्वीटरमा विवाहका दुईवटा तस्वीर राखेका थिए। दीपिकाले भने इन्स्टाग्राममा विवाहको तस्वीरहरू राखेर विवाह सम्पन्न भएको सूचना दिएकी थिइन्। रणवीरले ट्वीट गरेको पहिलो तस्वीरमा उनले रातो रङको शेरवानी लगाएको देखिएको थियो र दीपिकाले पनि रातो रङको लेहेंगा लगाएकी थिइन्। यो तस्बिरमा रणवीरले दीपिकालाई एकदम नजिकबाट हेरिरहेका थिए भने दीपिका शिर निहुराएर आफ्नो हा

दिसामा रगत देखिन्छ ? साबधान हेलचेक्राइँ नगर्नुहोस्, क्यान्सर हुन सक्छन

Image
काठमाडौँ । दिसा ढिलो र छिटो हुनुले पेटमा खासै फरक पर्दैन। कसैको हप्ताको तीन पटक मात्रै दिसा जान्छ भने कसैको दिनमै ३ पटक । यो सामान्य कुरा हो । तर, दिसा गर्दा रगत जानु र तौल घट्नु हुँदैन। कहिलेकाहीँ दिसासँगै रगत पनि आउँछ । दिसासँगै जाने रगतलाई सामान्य बुझाइमा रगतमासी भनिन्छ । कहिलेकाहीँ दिसामा आलो रगत समेत जाने गर्छ । धेरैजसोले त्यसरी दिसामा रगत जानुलाई ‘पायल्स’को कारण मान्छन् । तर, दिसामा त्यसरी रगत जानुलाई सामान्य रूपमा लिनु हुँदैन । ठूलोआन्द्राको क्यान्सर ९कोलोन क्यान्सर० पनि रगतमा देखिएको हुन सक्छ। कसैको बाहिरबाट पायल्स देखिए पनि भित्र कोलोन क्यान्सर हुने गरेको छ । कसैको मलद्धारनिर पायल्स त देखिन्छ तर भित्र अर्कौ घाउ बनिसकेको हुन्छ । त्यसैले पायल्सको मात्रै उपचार गरेर हुँदैन । यस्तो अवस्थामा अरू पनि केही छ कि भनेर हेर्नुपर्छ। पायल्सको मात्र उपचार गराएर ढुक्क भएर बस्दा गम्भीर दुर्घटनामा पर्न सकिन्छ । भित्रको घाउ बढ्दै जाने यता पायल्स भन्दै बस्ने गर्नाले क्यान्सर नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन सक्छ । त्यसैले दिसामा रगत देखा परेमा ‘कोलोन्सकोपी’ गर्नुपर्छ।

निर्मला हत्या प्रकरण : बम दिदीबहिनीका बाबु पहिलोपटक मिडियामा !, निर्मलाको परिवारसँग यस्तो आक्रोश (भिडियो)

Image
थप चारको डिएनए मिलेन: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ । घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताउनुभयो । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए । सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी: बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।

हेटौँडामा डरलाग्दो दुर्घटना, ट्रकले मोटरसाइकल र अटोलाई किच्यो, दुईजनाको मृत्यु

Image
हेटौँडामा डरलाग्दो दुर्घटना, ट्रकले मोटरसाइकल र अटोलाई किच्यो, दुईजनाको मृत्यु हेटौँडा : हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा केही बेरअघि भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एउटा मालवाह ट्रक पल्टिएर मोटरसाइकल र अटोलाई किचेर यो दुर्घटना भएको हो । ट्रकले किच्दा ना १ ह ८९५९ नंबरको अटो र ना ४० प ६२१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-४ का २० वर्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा-४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको उनले जानकारी दिए । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिँदा मोटरसाइकल र अटो किचिएका थिए ।

नेपालमा पाईने निकै सस्तो यो कार, जुन कार राम्रो मोटरसाइकल किन्ने पैसामा थोरै थप्दा किन्न सकिन्छ

Image
मारुती सुजुकीको लोकप्रिय कार मारुती अल्टो बजारमा उपलब्ध मध्येको सर्वाधिक रुचाइएको इन्ट्री लेवल कार हो । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोर्कपले ७९६ सीसीको मारुती सुजुकी अल्टो ८०० एसटिडीको मुल्य १६ लाख ३९ हजार तोकेको छ ।अर्को मोडल मारुती सुजुकी अल्टो एलएक्सआईको मूल्य १८ लाख ३९ हजार रुपैयाँ तोकेको छ । ५ स्पिड गियर म्यानुअल तथा अप्सनल एएमटी दिइएको यस कार इकोनमीका साथै सेफ्टी फिचर्सलाई प्रमुख ध्यान दिइएको छ । यो कारमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) को साथ ड्युअल एयरब्याग उपलब्ध छ । इन्धन कम लाग्ने यो कार प्रति लिटर ३२ किलोमिटर चल्ने कम्पनीले दावी गरेको छ ।

सनी लियोनीले नेपाली गीतको सुटिङ सकिन्

Image
पोर्न इन्डष्ट्रीबाट बलिउडमा प्रबेश गरेकी चर्चित नायिका सनी लियोनी ले नेपाली फिल्ममा काम गर्न लागेको खबरले सिनेबजार तरंगित बन्यो । सुरुवाती दिनमा यस्ता खबरहरु आए पनि त्यती कसैले विश्वास गरेका थिएनन् तर केही समय अगाडी सनिले नै यसबारेमा ट्वीटगरेपछि उनले नेपाली फिल्ममा काम गर्न लागेको पुष्टी भएको थियो ।बलिउडमा हट र बोल्ड अवतारमा देखिँदै आएकी सनिले पासवर्ड फिल्मका लागि आईटम नम्बर गरेकी हुन् । जुन गीतको सुटिङ लण्डनमा सम्पन्न भईसकेको छ । सनिले लण्डनको चिसोमा विक्रम जोशीसँग कम्मर मर्काएकीछिन् । गीतको सुटिङ मंगलबार र बुधबार गरी २ दिन लगाएर सकिएको छ । सुटिङ सकिएपछि फिल्मकी नायिका परी रानाले सनिसंग सेल्फी पोस्ट गर्दे सनिसंग काम गर्दाको अनुभव निकै राम्रो भएको सेयर गरेकीछिन् । बुझिए अनुसार सनिले उक्त गीतका लागि २ करोड पारिश्रृमिक लिएकीछिन् । अजुर्न पोखरेलले तयार पारेको गीतमा दुर्गा खरेलको आवाज रहेको छ । सनिले गीत सुनेर दिएको प्रतिक्रियापछि अर्जुन पनि दंग परेका थिए ।

दम, खोकी र श्वासप्रश्वास रोगीका लागि बहु उपयोगी असुरो

Image
विभिन्न जडीबुटीमध्ये सर्वसुलभ रूपमा पाइने जडीबुटी हो असुरो। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेत वारी एवं काल्लाहरूमा पनि प्रशस्तै पाइन्छगाँठागाँठा परेको डाँठ र भालाकार वा अण्डाकारको हरियो पात हुने यो वृक्षको फूल सेतो सिंहको मुखजस्तो देखिन्छ । यसको पात, जरा र फूलमा पाइने पदार्थले श्वासप्रश्वास प्रणालीका समस्यालाई सुधार गर्छ। असुरोले श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्छ । असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखुजसरी खाने वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँमासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ। त्यस्तै, धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो, कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। असुरो प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।

वि.सं. २०७५ साल मंसिर २ गते। आइतबार। इश्वी सन् २०१८ नोभेम्बर १८ तारिख। तिथि– दशमी

Image
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ

अन्तरिक्षबाट पनि देखिन्छन् पृथ्वीमा बनेका यी निर्माणहरु

Image
एजेन्सी । गुजरातको अहमदाबादस्थित नर्मदा नदी किनारामा बनाइएको सरदार पटेलको संसारको सबैभन्दा अग्लो मुर्ति स्ट्याचु अफ यूनिटी अन्तरिक्षबाट पनि सफा देखिन्छ ।अमेरिकाको कर्शियल नेटवर्क प्लेनेटले शुक्रबार १८२ मीटर अग्लो मुर्तिको अन्तरिक्षबाट लिइएको तस्वीर सार्वजनिक गरेको छ । सो तस्वीर पृथ्वीबाट ४ हजार किलोमिटर टाढाबाट खिचिएको थियो । सरदार पटेलको यो मुर्ति हालै उद्घाटन गरिएको हो । यसको उँचाई ५९७ फीट छ । यो मुर्ति ती अदभुत मानव निर्मित वस्तु मध्ये एक हो जुन अन्तरिक्षबाट पनि देख्न सकिन्छ । पटेलको मुर्ति, दुबईको तटमा निर्माण गरिएको पाम आइल्याण्ड, चीनको द ग्रेटवाल र इजिप्टको ग्रेट पिरामिड अफ गीजामात्र यस्ता मानव निर्मित वस्तु हुन् जुन अन्तरिक्षबाट देख्न सकिन्छ । स्ट्याचु अफ यूनिटीको उद्घाटन गएको अक्टुबर ३१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । सरदार पटेलको यो मुर्ति गुजरातको केवडियामा नर्मदा नदीमा बनेको छ । यो मुर्ति बनाउन ५ वर्ष लागेको थियो । यो संसारमा सबैभन्दा थोरै समयमा बनेको मुर्ति पनि हो । यो मुर्ति बनाउन २९९० करोड भारु खर्च भएको थियो । You may also like

संविधानले सबै जनतालाई एक ठाउँमा जोडेको छ : कोइराला

Image
विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपालको संविधानले सबै जाति र धर्मका जनतालाई एक ठाउँमा जोडेको बताएका छन् ।कौमी एकता मञ्च विराटनगर नेपालद्वारा आज यहाँ आयोजित इण्डो–नेपाल मशायरा बहुभाषी कविता सम्मेलनलाई सम्बोधन गर्दै उनले विभिन्न जात, जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गर्ने बताए। कोइरालाले नेपालको संविधानले सबै जात र जातिलाई समान अधिकार प्रदान गरेको बताए। कौमी एकता मञ्च विराटनगर नेपालका अध्यक्ष ताजिम अहमदको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता हसन अन्सारीले बहुभाषी कविता सम्मेलनले सबैलाई एकताबद्ध बनाउने बताए। कार्यक्रममा विराटनगरबाट प्रकाशित उद्घोष दैनिकका सम्पादका मोहन भण्डारी, भगवान झा, गुड्डु मिया, अबुल हसन नदवी, सङ्गीता मिश्र र सनातन मण्डललाई पनि सम्मान गरिएको थियो।

सेक्स गर्दा पुरुषले के के गरेको मनपर्छ भन्ने प्रश्नमा केटीहरुको जवाफ……..हेर्नुहोस भिडियो

Image
पुरुषका लागि गर्भनिरोधको अस्थायी साधन भनेको कण्डम मात्रै हो । त्यो पनि भरपर्दाे छैन । यौन सम्बन्ध राख्दा राख्दै फुट्ने सम्भावना पनि हुन्छ कण्डममा । यौन सम्बन्ध राख्दा राख्दै फुट्यो भने मानसिक नाव त छँदैछ, यौन सम्बन्ध पनि सुमधुर बन्न सक्दैन । तर, अब चिन्ता लिनुपर्दैन । वैज्ञानिकहरुले हालै यस्तो जेल तयार पारेका छन् जसले यी सबै समस्याबाट मुक्ति दिलाउँछ । कण्डम लगाउन पनि पर्दैन । यो नयाँ प्रविधि पहिलोपटक भाले बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको दाबी गरेको छ । बीबीसीका अनुसार, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा यो जेलको परीक्षण गरेका थिए । जसले सकारात्मक नतिजा दिएको कम्पनीको दाबी छ । कम्पनीको दाबी अनुसार, यो क्रिमले शुक्रकिटको प्रवाह रोक्ने गर्छ । यो क्रिम पुरुषको शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुने नलीमा हालिन्छ । यो क्रिमलाई आगामी केही वर्षमा मानिसमा प्रयोग गर्न सकिने दाबी गरिएको छ । पुरुषका लागि गर्भनिरोधको अस्थायी साधन भनेको कण्डम मात्रै हो । त्यो

मिस वर्ल्ड’ मा प्रतिस्पर्धा गरीरहेकी श्रंखला खतिवडाले सार्वजनिक गरीन विश्वमा नेपाल चिनाउने

Image
चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि मिस नेपाल वर्ल्ड मकवानपुरकी चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन् ।खतिवडा कार्तिक २३ गते शुक्रबार भाइटीकाका दिन सान्यातर्फ गएकी हुन् । खतिवडाले संसारभरका विभिन्न देशबाट आएका एक सय २० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ‘ब्यूटी पेजेन्ट’ अन्तर्गत विभिन्न इभेन्टमा उनीहरुको ट्यालेन्टका आधारमा मिस वर्ल्ड छनौट हुनेछ ।मिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताका लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमध्ये एक हो: ब्यूटी विथ अ पर्पस अर्थात् उद्धेश्यसहित सौन्दर्य । यसका लागि विभिन्न देशका सुन्दरीले आआफ्नो उद्धेश्यसहित वृत्तचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ । सन् २०१३ मा नेपाल का लागि पहिलो पटक इशानी श्रेष्ठले उक्त उपाधि जितेकी थिइन् । मिस नेपाल वर्ल्ड हुनुअघि नै उनले महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी र त्यसपश्चात् पनि यस्ता कार्यमा निरन्तर लागिरहेकी छिन् । खतिवडा भन्छिन्, ‘प्रतिस्पर्धामा कामको डकुमेन्ट्रीसमेत प्रस्तुत गर्नुपर्ने हुन्छ । मैले त्यसका लागि केही

यी ९ बर्षकी बालिका, जसले ५ वर्ष देखि हराएको बुबा सम्झदै गाइन सबैलाई रुवाउने गीत ! (भिडियोसहित)

Image
Kailali, 17th NOV. Music of Nepal refers to the various musical genres of Nepal. With more than fifty ethnicity, the music of this country is a highly dispersed phenomenon. Although genres like pop, rock, folk, and Classical music exist, a huge number of such genres are yet to be cataloged. Many musical bands exist in Nepal, with a huge number in Kathmandu – most of the recent ones focused in pop and rock. Rap has been known to emerge on the charts from time to time. Music developed and flourished during this era. The Malla kings were known for their interest in arts. Drama created during those eras is accompanied by music. Many of the guthis of Kathmandu valley have their origin in this era. These guthis maintain the musical genres established during that era. Dāpā music, a type of Newari bhajan is believed to have originated in this era.

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

Image
नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । बिहेमा दाइजो माग्ने चलन अझै पनि हाम्रो समाजमा यथावतनै रहेको छ । यो प्रथालाइ हटाउन हामी सबैले पहल गर्नु पर्ने हुन्छ।यो भिडियोमा एक महिलाले दाइजोको बिसयमा चोटिला सब्द बोलि सबैलाई रुवायेकी छिन् । मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन ।दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । दाइजोको बिसयमा बनिएको यो भिडियो कृपया हेरेर सबैलाई सेयर गरि जानकारी गराउनु होला ।

नेपाल आइडलबाट बाहिरीएका क्रिसल मिडियामा, जर्जले यस्तो सम्म गर्दा रहेछन् क्रिसलले खोले सबैको पोल(भिडियो)

Image
काठमाडौं : नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन्। ‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु। नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’, बाहिरिएपछि उनले भने। क्रिसलले आफू इलिमेट भएको सुन्नासाथ व्यक्त गरेको यो भनाइले सबैको आँखा रसाएका थिए।प्रतियोगिता भएकाले एकले जित्न अर्कोले हार्नैपनै नियम हुन्छ। यही नियम पछ्याउँदै कँडेल आइडलबाट बाहिरिए। जीवनभर गीतसंगीतमै लाग्ने प्रण गर्दै आगामी दिनमा अझ बढी मेहनत गर्ने वाचा गरे उनले। नेपाल आइडलजस्तो राम्रो प्लेटफर्म पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झँदै उनले नेपाल आइडल कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा सबैभन्दा साना उमेरका कँडेल सबै खालका गीतमा स्वरको जादु चलाउँछन्। धादिङबेँसीका क्रिसल सानैदेखि गीत गाउने रुचि राख्थे। पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका क्रिसलले रेडियोमा गीत सुनेरै गीत गाउने सीप सँगालेका थिए। घरमा हुँदा उनका दाइले पनि गीत गाउने गर्थे। गीत सुन्दै गर्दा जस्तो सुन्यो त्यस्तै गाउने कोसिस गर्छन् उनी। सांगीतिक यात्राको पहिलो गुरु नै रेडियोल

रुद्राक्षले बनाउछ मानिसलाई चमत्कारीक सफल तपाईँको सफलताका लागि कुन रुद्राक्ष हुन्छ राम्रो ?

Image
रुद्राक्षले बनाउछ मानिसलाई चमत्कारीक सफल : तपाईँको सफलताका लागि कुन रुद्राक्ष हुन्छ राम्रो ?जीवनमा सफलता पाउनको लागी, धेरै व्यक्तिले महंगा रत्नलाई लगाउने गर्दछन । तर यदि तपाईं चाहानुहुन्छ कि तपाईं पनि सफल हौं तपाइँको यस सपनालाई पुरा गर्नेछ रुद्राक्षले, तपाइँले यसबाट सफलता प्राप्त गर्न सक्नुहुनेछ । आउनुहोस जानौं ज्योतिषशात्रका अनुसार कुन क्षेत्रका व्यक्तिको लागि कुन रुद्राक्ष फलदायी सावित हुन्छ । १ यो रुद्राक्षले तपाईंलाई मदत गर्नेछ वकील, न्यायाधीश या अदालत मा काम गर्ने मान्छेले र १ , ५ र १३ रुद्राक्ष को प्रयोग गर्नु फलदायक हुन्छ । प्रशासनिक अधिकारी, प्रहरी वा सरकारको कुनै पनि विभागमा सफल हुन भने ९ र १३ शुभ हुने देखिएको छ। २ वित्त विभागमा भएका व्यक्तिहरुका लागि वित्तीय क्षेत्रमा बैंकका कर्मचारीहरू, चार्टर्ड एकाउन्टेंट्स, सरकारी वित्त विभाग आदि जस्ता सफल भविष्यको लागि, तपाईंलाई ८ , ११ , १२ र १३ रुद्राक्ष लगाउनु राम्रो हुन्छ । ३ चिकित्साका लागि चिकित्सा क्षेत्रमा नाम कमाउनको लागि, तपाईंले ३ , ४ , ९ , १० , ११ , १२ , १४ रुद्राक्षको सामना गर्नु पर्दछ। यसले तपाईंको जीवनमा सफलता ल्याउनेछ, तर

बुर्का नलगाउँदा कडा सजाय पाइने इराकमा, यति बिन्दास महिलाहरु पनि छन् हेर्नुहोस् फोटोहरु ।

Image
एजेन्सी। मुस्लिम देश इराकमा निकै कडा शरीया कानुन छ । यहाँ महिलाहरु बुर्काबिना घरबाहिर निस्कन पाउँदैनन् । केही ठाउँहरुमा त बुर्का नलगाउँदा निकै कडा सजाय दिइन्छ । तर, यही देशमा यस्तो ठाउँ पनि छ जहाँका महिलाहरु आधुनिक कपडादेखि लिएर चुरोट रक्सी पिउन सामान्य मान्छन् । इन्स्टाग्राममा इराकका धनी परिवारका छोरीहरुले पोष्ट गरेका फोटोहरु हेर्दा यही देशमा महिलाहरुलाई निकै दबाएर राखिन्छ भन्ने विश्वास गर्न कठिन हुन्छ । हेर्नुहोस् फोटोहरु ।

नेपालमै देखियो दुनियाँ चकित हुने दृष्य, उर्लाबारीमा सर्पले जिउँदो मृगलाई निल्यो [भिडियोमा हेर्नुहोस्

Image
उर्लाबारी । कुनैपनि नेपालीले नेपालमा नै सर्पले ठूलठूला जनावर निलेको प्रत्यक्ष दृष्य देखेको थिएन । किनकी त्यस्ता भिमकाय सर्प अहिलेसम्म नेपालमा भेटिएका थिएनन् । विश्वका विभिन्न ठाँउमा देखिने त्यस्ता दृष्य अन्र्तराष्ट्रिय टेलिभिजनबाट हेर्दा आङ्ग नै सिरिङ्ग हुने नेपालमै त्यस्तो दृष्य देखिएको छ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निलेको छ । मान्छेको भिड पुगेपछि उक्त अजिंगरले निलेको मृगलाई ओकलेर भागेको छ । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । सिंगो मृगलाई जिउभित्र पु¥याएर ओकेलेको दृश्य भिडियोमा देख्न सकिन्छ । सामुदायिक वनमा देखिएको यो दृश्यलाई स्थानीयले आफ्नो मोबाइलमा कैद गरेका थिए । भिडियोमा अजिंगरले मृग निलेर पुनः बाहिर निकालेको देख्न सकिन्छ । अजिंगरलाई स्थानीयले समातेर सालबारी सामुदायिक वनको जिम्मा लगाएको जनाइएको छ । यति खतरनाक अजिंंगर कसरी पक्रिए । सबै चकित बनेका छन् । हेर्नुहोस् भिडियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।